Hamro Sanchar

पूर्वराजा काठमाडौँ आइपुगे : स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २५ गते


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्।

आफ्नो १ महिने कास्की पोखराको बसाइपछि शाह आज आइतबार अपराह्न चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

समिट एयरको ९(एन–एकेजेड कलसाइनको जहाजमार्फत काठमाडौँ आएका शाहलाई विमानस्थलदेखि नै समर्थकहरूले स्वागत गरेका थिए। उनको स्वागतका लागि राप्रपा, राप्रपा नेपालसहितका दलका शीर्ष नेता विमानस्थल पुगेका थिए।

विमानस्थल क्षेत्रको सडकमा शाहको स्वागतमा ठूलो संख्यामा समर्थकहरू भेला भएका छन्। पूर्वराजाको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।

यस्तै पूर्वराजाका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल परिसर पुगेका समर्थकले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन्।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल पनि भएको छ।


प्रतिकृया दिनुहोस्