Hamro Sanchar

काठमाडौंमा ढलभित्र छिरेका युवकको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २५ गते


काठमाडौं । काठमाडौंमा ढलभित्र छिरेका एक युवकको उद्धार गरिएको छ ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले टेकुस्थित कनक पेट्रोल पम्पनजिकै ढलभित्र छिरेका युवकको उद्धार गरेको हो ।

आइतबार (फागुन २५)बिहान सिन्धुपाल्चोकका रामशरण ढुंगाना बाटोमा हिँड्दा हिँड्दै अचानक ढलभित्र पसेका थिए ।

उनलाई केही समयमै उद्धार गरेर उपचारका निम्ति राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्