Hamro Sanchar

 जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २५ गते


चितवन । पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भइ हाल रत्ननगर नगरपालिका-७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार, रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटेल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको हो ।

जंगली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।


प्रतिकृया दिनुहोस्