
जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
आज महोत्तरीको महोत्तरी गाउँपालिका-५ गोरिगामामा ना३ख ८९९७ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाका घाइतेहरूलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम तथा अन्य स्थानहरुमा पठाइएको प्रहरीले जनाएको छ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको भनाइ छ। बस पल्टिएपछि चालक र सहचालक फरार छन्।
प्रहरीले घटनाबारे थप बुझिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएका छन् ।