Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेनले गुरागाईंलाई हाजिर नगराउने, निमित्तलाई आर्थिक अधिकार दिन माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २२ गते


Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएका छन् ।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरेको छ ।

शहरी विकास मन्त्रालयले प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्न दिन भन्दै महानगरलाई पत्राचार गरेको थियो । त्यसलाई अस्वीकार गर्दै महानगरबाट पत्राचार भएको हो ।

महानगरको पत्रमा गुरागाईंलाई हाजिर गराएमा महानगरका विभिन्न परियोजना र कार्यहरुमा नकारात्मक प्रभाव तथा कानूनी झण्झट पर्ने उल्लेख गरिएको छ ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पत्राचार गर्ने भनी मिति २०६१र११र२२ मा प्रमुख स्तरीय निर्णय भएको ले सो अनुसार हुन अनुरोध गरिन्छ’, वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ  ।

 



प्रतिकृया दिनुहोस्