Hamro Sanchar

हिमालय टोल सुधार समाजको अध्यक्षमा उपाध्याय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ११ गते


काठमाडौं, फागुन ११- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ स्थित हिमालय टोल सुधार समाजको गया प्रसाद उपाध्याय चयन भएका छन् ।

समाजको शनिबार सम्पन्न १९औं साधारण सभाले उपाध्यायलाई सर्वसम्मत चयन गरेको हो । उपाध्याय यसअघि सल्लाहकारको भूमिकामा थिए ।

उपाध्याय गान्धी आदर्श माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसमेत हुन्  ।

समाजको उपाध्यक्षमा प्रकाश कुमार खत्री र यसोदा बस्नेत (थापा), सचिवमा लीला धर दाहाल, सह सचिवमा नवराज न्यौपाने, कोषाध्यक्षमा दुर्गा प्रसाद श्वार चयन भएका छन् भने सदस्यहरुमा भाबकेशर बराल, तारा गिरी, सरस्वती (सरु) कोईराला, मिना ढुङ्गेल, श्रीहरि डोटेल रहेका छन् ।

नगरकै नमूना टोलको रुपमा परिचित हिमालय टोल सुधार समाजले सरसफाई, स्वास्थ्य शिविर जस्ता उदाहरणीय र नमूना कार्य गर्दै आइरहेको छ ।


प्रतिकृया दिनुहोस्