Hamro Sanchar

छविलाललाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ३० गते


काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा पठाउने जिल्ला अदालत रुपेन्देहीको आदेशको कैफियत प्रतिवेदन माग भएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।

आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै जोशीले बुधबार उच्च अदालतमा निवेदन दिएका थिए।

जोशीका तर्फबाट छोरा रोचकले दायर गरेको निवेदनमा जिल्लाको आदेश बदर गरी आफूलाई थुनाबाहिरै राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरेका थिए।

सोमबार जिल्ला अदालत रुपेन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउन आदेश दिएको थियो।

यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।

सुप्रिम सहकारीकै मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश भएको थियो ।


प्रतिकृया दिनुहोस्