Skip

Hamro Sanchar

प्रहरी प्रभाग साँखुमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २३ गते


काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।

प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

सलको पासोमा झुन्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताएका छन् ।

उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएको प्रहरी अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।


प्रतिकृया दिनुहोस्