Skip

Hamro Sanchar

कांग्रेस संसदीय दलको बैठक शुक्रबारसम्मका लागि स्थगित

याे सरकार २०८४ सम्म चल्ने दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १४ गते


काठमाडौं । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सकिएको छ ।

नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको आजको बैठकमा १७ जना सांसदले आफ्ना धारणा राखेका थिए ।

पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादन, सरकारले हालै ल्याएका अध्यादेश र प्रतिनिधिसभाको आसन्न अधिवेशनमा केन्द्रित रहेर सांसदहरूले धारणा राखेको प्रमुख सचेतक श्याम घिमिरले जानकारी दिए ।

उनले आज सबै सांसदले बोल्न नभ्याइएकाले १८ माघको बिहान साढे ८ बजे पुनः बस्ने गरी दलको बैठक स्थगित भएको बताए ।

यस्तै कांग्रेसले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको जनाएको छ ।  बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताएका हुन् ।

प्रमुख सचेतक घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न नसक्ने पनि बताए ।

उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध नराखेको पनि बताए । चितवनबाट पोखरा लगेको विषयमा नेता शेखर कोइरालाले कुरा उठाए पनि कानूनअनुसार नै अदालती धरौटीमा छुटेको उनको भनाइ छ ।

 

 


प्रतिकृया दिनुहोस्