Skip

Hamro Sanchar

स्रोत नखुलेको ३९ लाख नगदसहित काठमाडौंबाट एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १४ गते


काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई काठमाडौंको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। उनलाई आइतबार दिउँसो साढे ४ पक्राउ गरेको हो।

कार्यालयको इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिकृया दिनुहोस्