Skip

Hamro Sanchar

कास्की अदालतको आदेशविरुद्ध निवेदन लिएर रवि गए उच्च अदालत पोखरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १४ गते


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी उच्च अदालत पुगेका छन् ।

उच्च अदालत पोखरामा अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाले जनाएको छ ।

पुस २५ गते कास्की जिल्ला अदालतले थुनछेक सम्बन्धी मुद्दाको सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेको थियो । कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

सो आदेशको चित्त नबुझी साधारण तारेखमा बसेर मुद्दा पुर्पक्ष गरी पाउँ भनी लामिछाने उच्च अदालत पोखरामा पुगेका हुन् । उनीविरुद्ध आइतबार मात्रै जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटी माग गरेको थियो ।


प्रतिकृया दिनुहोस्