Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विप्लव भन्छन् : जनताले विश्वास गरे ०८४ मा दुई तिहाइ ल्याउन सक्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १३ गते


Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाली जनताले विश्वास गरेमा आगामी चुनावमा दुई तिहाइ सिट जित्न पनि सकिने बताएका छन्।

काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेपाली जनताले कांग्रेस, एमाले र माओवादीलाई मौका दिएकोले आफू नेतृत्वको नेकपालाई पनि मौका दिन सक्ने उनले बताए।

‘मान्छेहरूले भन्छन् – तपाईंहरू कति सिट जित्नुहुन्छरु मैले के भन्ने गरेको छु भने नेपाली जनतालाई सोध्नुस्,’ विप्लवले भने, ‘नेपाली जनताले विश्वास गरे भने सबै जिल्लामा जितिन्छ। जनताले विश्वास गरे भने बहुमत, दुई तिहाइ पनि जित्न सक्छौं नि, नेपाली जनतालाई कांग्रेस, एमाले र माओवादीलाई मौका दियो, नेकपालाई दिँदैनन्रु’

नेकपाले आगामी निर्वाचनहरूमा भाग लिने निर्णय गरिसकेको छ। समाजवादी अभियानका लागि २०८४ को चुनावलाई प्रयोग गर्ने निर्णय पार्टीले गरेको उनको भनाइ छ।

‘संसदीय चुनावबाट समाजवादीको यात्राका लागि लड्ने हाम्रो चाहना छ,’ उनले भने, ‘हामीलाई खान अब पैसा र दयामाया पनि चाहिँदैन। नेकपालाई विश्वास चाहिएको छ ।


प्रतिकृया दिनुहोस्