Skip

Hamro Sanchar

रविको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १३ गते


रूपन्देही । रवि लामछानेको मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहसपछि सरकारी वकिलको जवाफी बहस सकिएको छ ।

वादी प्रतिवादी दुवैतर्फको बहस सकिसकेकाले आजै आदेशको तयारी भएको छ ।

अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जवाफी बहस सकिएसँगै न्यायाधीश आदेशको तयारीमा रहेको बताए ।

रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे ।सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित थिए ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।


प्रतिकृया दिनुहोस्