Skip

Hamro Sanchar

बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १३ गते


काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए ।

उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुर्व्यवहादुर गरेको भनी सेतोपाटी अनलाइनले डेढ वर्षअघि समाचार प्रकाशित गरेको थियो ।

त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो । लगत्तै अनुसन्धान गरेर प्रहरीले राई विरुद्ध मुद्दा चलाएको थियो।


प्रतिकृया दिनुहोस्