Hamro Sanchar

कैलालीमा घरायसी विवादका क्रममा भाइले गरे दाजुको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १३ गते


कैलाली । कैलालीमा घरायसी विवादका क्रममा भाइले दाजुको हत्या गरेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-१७ दीपनगर टोल बस्ने ३५ वर्षका लालबहादुर बोहराको गएराति ३० वर्षका सहोदर भाइ प्रकाश बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घरायसी विवादमा दाजु लालबहादुरमाथि भाइ प्रकाशले घाँटीमा कैँची प्रहार गरेका थिए । कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्‍याइएको थियो ।

उपचारको क्रममा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्