Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड बिहानै पुगे दाङको पाण्डवेश्वर  धारपानी मन्दिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १२ गते


Advertisement

दाङ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन्।

उनले आज बिहान घोराही उपमहानगरपालिका-५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन्।

तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशूल रहेको दाबी गरिएको छ।

अध्यक्ष प्रचण्डलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरबारे जानकारी गराए।

मन्दिर जाने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले स्थानीयसँग भेटघाट पनि गरे ।


प्रतिकृया दिनुहोस्