Hamro Sanchar

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १६ गते


काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राईलाई नियुक्त गर्नुभएको हो ।

सभामुख देवराज घिमिरेको सिफारिशमा झापाको शिवसताक्षी नगरपालिका–२ का राईलाई राष्ट्रपतिले सचिव पदमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्