Hamro Sanchar

बैतडीमा बिहानै भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १६ गते


काठमाडौं । बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिकृया दिनुहोस्