
काठमाडौँ, पुस १४- कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा एक दम्पत्तिमाथि गोली प्रहार भएको छ । शनिबार राती साढे १० बजे अर्जुन श्रेष्ठ र शान्ति देवी श्रेष्ठमाथि गोली प्रहार भएको हो ।
रिद्धिसिद्धि बसपार्क नजिकै श्रेष्ठ दम्पतीको घरमा प्रवेश गरेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय साहिर शंकरले गोली प्रहार गरेका हुन् ।
प्रतिकारको क्रममा शंकर पनि घाइते भएका छन् । तिनै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोली प्रहारमा संलग्न शंकरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीकाअनुसार शंकरको साथबाट एउटा पेस्तोल, ९ राउण्ड गोली, खुकुरी लगायत सामान बरामद गरेको छ ।
व्यक्तिगत र पारिवारिक रिसइबीका कारण शंकर पेस्तोल लिएर त्यहाँ पुगेका थिए । शंकर चिनजानकै मान्छे भएको र श्रेष्ठ दम्पतीसँग १ घण्टा जति कुराकानी बुझिएको घटनास्थलमा पुगेकी वडा सदस्य सुनिता बोगटी बिसुन्केले हाम्रोसंचारलाई जानकारी दिइन् । शंकरले कुराकानीकै क्रममा एक्लै भएको मौका छोपी पहिले शान्ति देवीमाथि गोलि प्रहार गरेका थिए । त्यसपछि अर्जुनमाथि गोलि चलाएको बताइएको छ ।
प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ ।