Skip

Hamro Sanchar

प्रकाश सपुतको गीत स्मरण गर्दै ओलिलाइ बिप्लवको प्रश्न : तपाईँलाई राज कसले ल्याइदियो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ११ गते


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसददेखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेकोप्रति आपत्ति जनाएका छन्।

माओ दिवसको अवसरमा काठमाडौं आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतले सरकारी कामकाजमा जनयुद्ध शब्द नलेख्न भन्दै दिएको आदेशप्रति आपत्ति जनाए।

उनले भने, ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद् पनि चलिरहेको छ। त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तिमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं। जनयुद्ध नभएर के हो त यो ? अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ्। सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होइन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ?’

उनले न्यायलयले के लेख्न खोजेको रु भन्दै असन्तुष्टि जनाए। उनले गायक प्रकाश सपुतको गीत स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनयुद्धलाई अपमान नगर्न चेतावनी दिए।

उनले थपे, ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ रातो स्कुटर कसले किन्दियो रु भनेजस्तै केपीजीलाई सोध्नुपर्ने भएको छ केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो रु तपाईँलाई राज कसले ल्याइदियो रु’

उनले जनयुद्धको उपलब्धिलाई स्वीकार्न नसक्ने भए सबै ताज फुकालेर आफूहरुलाई हस्तान्तरण गर्न चुनौती दिए। उनले माओवादी सँग एकताको लागि ८ महिनाअघि प्रस्ताव गरेको भन्दै सुव्यवस्थित छलफल अहिलेकोप्रति असन्तुष्ट सुनिए। एकताबारे विस्तारै प्रक्रिया अघि बढ्ने देखेर समाजवादी मोर्चा बनाएर अघि बढेको बताए ।


प्रतिकृया दिनुहोस्