Skip

Hamro Sanchar

बासबरिया गाउँपालिका तीनका वडाध्यक्ष महतोको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ११ गते


सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।

कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो ।

महतो २०७२ र २०७९ को चुनावमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो।

उहाँ २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस)को अध्यक्ष हुनुहुन्थ्यो । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज गाउँपालिकाभित्र शोक बिदा दिएको छ ।


प्रतिकृया दिनुहोस्