Skip

Hamro Sanchar

एमालेको सचिवालय बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १० गते


काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयमा छलफल हुने तय भएको छ ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।


प्रतिकृया दिनुहोस्