Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुरक्षाकर्मीसँग मिल्दो पोसाक र दर्ज्यानी चिह्न प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ९ गते


Advertisement

काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ

पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक र दर्ज्यानी चिह्वन प्रयोग गरेको पाइएको भन्दै गृहले त्यस्तो नगर्न भनेको हो ।

कसैले प्रयोग गरेको पाइए कानुनी कारबाही गरिने गृह मन्त्रालयको चेतावनी छ । गृह मन्त्रालयले पत्र नै काटेर सबै जिल्ला प्रशासनलाई उक्त कार्य रोक्न दिर्नेशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, ‘‘सुरक्षाकर्मीले प्रयोग गर्ने पोसाक तथा दर्ज्यानी चिह्नहरू सम्बन्धमा द्विविधा वा भ्रम उत्पन्न हुन गई कतिपय अवस्थामा आपराधिक क्रियाकलाप तथा अप्रिय घटना हुने तथा शान्ति सुरक्षा कायम गर्ने कुरामा बाधा हुन सक्छ । ’’

पछिल्लो समय विभिन्न नगर प्रहरीले समेत सुरक्षाकर्मीले प्रयोग गर्ने दर्ज्यानी चिह्न लगाउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्