Hamro Sanchar

सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ९ गते


काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ ।

टिपटप होटल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालले पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी चलिरहेको जानकारी दिए ।

ठूलो डाँडो नै खसेकाले सवारी साधन केही घण्टा जाममा परेका थिए । अहिले बाटो खुलाइए पनि सवारी साधनहरु चापमा चलिरहेका छन् ।


प्रतिकृया दिनुहोस्