Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

म्यानमारबाट  ४ पुरुष र एक महिलागरि ५ नेपालीको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ९ गते


Advertisement

काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरिएका ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ।

नेपाली राजदूतावास बैंकक थाइल्यान्डका अनुसार उद्धार गरेर ४ पुरुष र एक महिलालाई स्वदेश फर्काइएको हो।

उनीहरुलाई यसअघि म्यानमारबाट उद्धार गरेर टाक इमिग्रेसन कार्यालय मेसोट हुँदै थाइल्यान्ड लगिएको थियो।

डिसेम्बर १७ मा थाइ सरकारी निकाय आईओएम थाइल्यान्ड तथा गैर सरकारी संस्थाको सहयोगमा नेपाल फर्काइएको थियो। आज मंगलबार एक जना महिलालाई पनि फर्काइएको दूतावासले जनाएको छ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कम्वोडिया लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीका लागि नआउन पनि दूतावासले अनुरोध गरेको छ ।

 


प्रतिकृया दिनुहोस्