Skip

Hamro Sanchar

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ८ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।

रास्वपाको आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए।

सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।


प्रतिकृया दिनुहोस्