Skip

Hamro Sanchar

सहकारी ठगी मुद्दामा रवि लगायतसँग आजदेखि बयान लिँदै कास्की जिल्ला अदालत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ८ गते


काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले आज (सोमबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतसँग बयान थाल्ने भएको छ।

कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले पोखराको सूर्यदर्शन सहकारी प्रकरणका रविसहितका अभियुक्तहरूसँग अदालतले आजदेखि बयान लिन थाल्ने जानकारी दिइन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा अभियोगपत्र दायर भएको छ।


प्रतिकृया दिनुहोस्