Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयरविरुद्ध १ करोड ५४ लाख बिगो मागदाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ७ गते


Advertisement

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका बाग्लुङको ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये उक्त डेढ करोड रकम नेपालीले अपचलन गरेको उल्लेख गरिएको छ ।

उनी २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष थिए ।

नेपाली बाग्लुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बाग्लुङ कारागारमै छन् । यता सूर्यदर्शन सहकारीमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।


प्रतिकृया दिनुहोस्