Skip

Hamro Sanchar

रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

लामिछानेको सांसद पद निलम्बन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ७ गते


पोखरा । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।

रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।

३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको छ ।

यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो ।कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ । सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो ।

साथै पूर्वडीआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ ।

१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ ।

यस्तै सभापति लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् ।

सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ऐन, २०६४ ९संशोधनसहित०को दफा ९२७० बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।

 


प्रतिकृया दिनुहोस्