Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ५ गते


Advertisement

काठमाडौं । सर्बोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आजै रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

विद्युतीय अपराधको कसुरमा उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएको थियो। सो कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी छुटेका थिएनन्।

उनलाई फेरि आपराधिक लाभको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले अनुसन्धान गरिरहेको थियो।

तर प्रसाईंका छोराले बुबालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।


प्रतिकृया दिनुहोस्