Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका नरबहादुर झाँक्री विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १७ गते


Advertisement

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन्।

उनले १६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका छन्।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि पद रिक्त थियो।

त्यतिबेला नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पराजित गरेका थिए।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले एमालेसँग बदला लिएको छ।


प्रतिकृया दिनुहोस्