काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
नेता हुकुम सिंहका अनुसार मध्यान्ह १२ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुससहित न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने छ ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुनेछ ।
महाधिवेशनमा देशभरबाट साढे तीन समय प्रतिनिधि सहभागी हुने सिंहले बताए ।