Hamro Sanchar

झाँक्री प्रकाश भुजेलमाथि अनुसन्धानका लागि प्रहरीले पायो ५ दिन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २९ गते


Advertisement

काठमाडौं । सवारी दुर्घटनापछि पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई अनुसन्धानका प्रहरीले अदालतबाट पाँच दिन म्याद पाएको छ ।

जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

हिजो भुजेलले हाँकेको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको मृत्यु भएको थियो । केहीबेर फरार बनेका झाँक्रीले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।

उनलाई प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा हिजो मृत्यु भएको थियो ।

पछाडि सीटमा बसेकी उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते अवस्थामा उपचाररत छिन् । भेन्टिलेटरमा उपचाररत उनको अवस्था नाजुक रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्