Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमानको दाबी : उद्योगीसँग कुनै पनि हालतमा बक्यौता उठाएरै छाड्छु

उद्योगीहरूले १५ दिनभित्र बक्यौता नतिरे पुनः प्रक्रियामा लाग्ने चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाएरै छाड्ने दाबी गरेका छन्।

आज एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले बक्यौता उठाउने कुराबाट आफू पछि नहट्ने र उच्च मनोबलसहित लाग्ने बताए।

‘उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाउनेछु। विचलित हुनेछैन। उच्च मनोबलसाथ लाग्नेछु,’ उनले भने।

नेपालको संविधान, ऐन, कानुनमा रहेर आफूले काम गरेको दाबी गर्दै उनले भने, ‘कुलमानले दुःख दिने काम गर्छ भन्नु गलत हो। नेपालको संविधान, ऐन, कानुनमा रहेर काम गरेको छु। त्यसो देश र संस्थाको हितका लागि हो।’

संस्थाको राजस्व उठाउन खोज्दला नाजायज रकम उठाउने प्रयास भएको भन्दै आफूमाथि भन्नु गलत रहेको उनको भनाइ थियो।

‘हामीले उद्योगीले देशको अर्थतन्त्रमा गरेको योगदानको उच्च प्रशंसा गरेका छौँ। ममाथिका आरोपको खण्डन गर्दै देश र संथाको हित र राजस्व उठाउनेबाहेक मेरो अन्य राजनीतिक स्वार्थ छैन। संथामा रहेर राजनीति गर्नु र नाजायज फाइदा लिने कुनै उद्देश्य छैन। संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउन खोज्यो भन्नु गलत हो,’ घिसिङले भने ।
यस्तै घिसिङले उद्योगीहरूले १५ दिनभित्र बक्यौता नतिरे पुनः आफ्नो प्रक्रियामा लाग्ने चेतावनी दिएका छन्।


प्रतिकृया दिनुहोस्