काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपतिले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।