Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लुम्बिनीका नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ८ गते


Advertisement

दाङ । लुम्बिनी प्रदेश सरकारमा थपिएका नवनियुक्त ३ जना मन्त्रीले शपथ ग्रहण गरेका छन्।

आज बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन्।

बर्दियाका जन्मजय तिमल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन् ।

सपथ लिएका मध्य तिमल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको संख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।

यो मन्त्रालयकी जिम्मेवारी मुख्यमन्त्री स्वयंमले समहालेका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए। सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो ।

 

 


प्रतिकृया दिनुहोस्