Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको कोल्मतेश्वर मन्दिर नजिकै जंगलमा भेटियो ब्यवारिसे शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ४ गते


काठमाडौं, कात्तिक ४- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-४ को कोल्मतेश्वर मन्दिर नजिकैको जंगलमा एक ब्यवारिसे शव भटिएको छ ।  वडाको कान्ति भैरव र कोल्मतेश्वर मन्दिरको बिचमा बागमती नदिदेखि पुर्व गाेकर्ण फरेष्ठ जंगलमा सडेगलेको अवस्थामा एक पुरुषको ब्यवारिसे शव फेला परेको हो ।

शवको अनुहार नचिन्ने र सडेगलेको अवस्थामा रहेको छ भने शरीरका अन्य भाग पनि क्षतविक्षत अवस्थामा रहेको वडा सदस्य भिम बहादुर सिम्खडाले जानकारी दिए । उक्त शव १० दिनभन्दा बढीको हुन सक्ने आशंका गरिएको छ । मृतकको शवभन्दा १० मिटर वरपर १४० रुपियाँ पैसा भेटिएको छ भने उनको शरीरमा अन्य कुनै बस्तु वा कागजात फेला नपरेको बताइएको छ ।

मृतकको हुलिया हेर्दा मागेर गुजारा गर्दै आएको हुन सक्ने अनुमान गरिएको छ ।

मृतकको शवलाई प्रहरी वृत बौद्ध, प्रहरी प्रभाग थली र अपराध महाशाखाको टोलीले पोष्टमार्टमका लागि टिचिङ अस्पताल पुर्याएको छ ।


प्रतिकृया दिनुहोस्