Hamro Sanchar

हेटौंडा-काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २७ गते


Advertisement

हेटौंडा(काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न
प्रहरीको आग्रह
मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवन राजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताए ।

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरु चढ्न नसक्नेगरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइरहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्