Hamro Sanchar

बीपी राजमार्गमा सुक्खा पहिरोले पुरियो गाडी, सडक फेरि अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २५ गते


Advertisement

काभ्रे । सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको हो ।

यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा.४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

माथिबाट सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

पहिरो झर्न रोकिए १ घण्टामा राजमार्ग सञ्चालनमा आउने उनको भनाइ छ ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

तर केहीबेरमै खसेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्काले जानकारी दिइन् ।

पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्