आज : २०८१ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहकारी ठगी प्रकरण : मेयर देवकुमार पुर्पक्षका लागि थुनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १५ गते


Advertisement

काठमाडौं । जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ठगी प्रकरणको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

थुनछेक बहस सकिएपछि आज जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो।

सहकारीको वित्तिय अवस्था समेतलाई मध्यनजर गरी ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीलाई थुनामा राख्न आदेश दिइएको हो।

उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ।

नेपालीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ ।


प्रतिकृया दिनुहोस्