आज : २०८१ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १५ गते


Advertisement

काठमाडौं । यातायात व्यवसायीले दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट बन्द गर्ने तयारी गरेका छन् ।

बाढीपहिरोका कारण राजमार्गको क्षतिले सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारि दिएका छन् ।

यद्यपि यसबारेमा दिउँसो यातायात व्यवस्था विभागसँग बैठक बसेर आवश्यक निर्णय लिइने उनले बताए ।

चाडबाडमा घर फर्किनेहरूका लागि यही असोज १२ गतेबाट अग्रिम टिकट खुल्ला गरिएको थियो । हजारौंले टिकट काटिसकेका छन् ।

‘जताततै सडक भत्किएको छ । घटस्थापनादेखिकै टिकट काटेकालाई लैजान गाडी फर्केर आउन नसक्ने अवस्था छ’, उनले भने ।


प्रतिकृया दिनुहोस्