Skip

Hamro Sanchar

बागमती सरकारले चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १४ गते


काठमाडौं । ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ।

उनलाइए डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा प्रदेश सरकारले गरेको हो।

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए।

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागिएको बताए ।


प्रतिकृया दिनुहोस्