Hamro Sanchar

माओवादी द्वन्द्वकालमा आतङ्क मच्चाउने काम भयो: शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ९ गते


Advertisement

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वकालमा हिंसा मात्रै नभएर आतङ्क मच्चाउने कार्य भएको जिकिर गरेका छन् ।

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

माओवादीका पूर्वस्थायी कमिटी सदस्य समेत रहेका एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई सँगै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखरेलले भने– ‘माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन । यथार्थ रूपमा भन्नुहुन्छ भने, त्यो समयमा राष्ट्रमा आतङ्क सिर्जना गर्ने खालको काम भयो र दिनदहाडै बसमाथि आगजनी गर्ने काम भयो । राति घरमा सुतेको अवस्थामा एकै घरको ११र११ जनाको हत्या गर्ने काम भयो । यो हिंसा मात्रै होइन, आतङ्क पनि हो ।’

महासचिव पोखरेलले माओवादीलाई आतंककारीको समेत संज्ञा दिइरहँदा लेखराज भटट् भने आँखा नै बन्द गरेर सुनिरहे । त्यसताका लेखराज नै अधिकांश युद्ध मोर्चाको नेतृत्व गरेका थिए । नेकपा फुटेपछि भटट् एमालेमा लागेका हुन् ।
महासचिव पोखरेलले माओवादी द्वन्द्वकालमा उत्पन्न हिंसाको आलोचना गर्दा त्यसलाई संसदीय हो भनेर संसदमा रोक्ने काम भएको बताए ।

नयाँ सरकार गठनपछि सरकारबाट बाहिर जानुपरेका कारणले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटीले मुलुकको राजनीतिमा तनाव पार्ने काम गरेको बताउँदै उनले सरकार गठनपछि प्रचण्डले संसदमा दिएको अभिव्यक्ति असंसदीय र अराजनीतिक अभिव्यक्ति रहेको पनि जिकिर गरेका छन् ।

 


प्रतिकृया दिनुहोस्