काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित नौजनालाई स्पष्टीकरण सोधेको छ । यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् ।
पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत यादव, साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहलाई पनि स्पष्टीकरण सोधिएको छ ।
७ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भन्दै पार्टीका तर्फबाट उपाध्यक्ष दीपककुमार साहले उनीहरूलाई पत्र पठाएका छन् ।