Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जसपा नेपालले पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ८ गते


Advertisement

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सुरु गरेको चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण तहका पदाधिकारी एवं सदस्यहरूलाई ‘जनतासँग जसपा अभियान’मा सक्रियताका साथ लाग्न जसपा नेपालले आग्रह गरेको छ ।

जसपा नेपालले सो अभियानको क्रममा पार्टी सुदृढीकरण एवं शुद्धीकरण गर्ने कार्यलाई पनि निरन्तरता दिन निर्देशन दिँदै यस अभियानमा असहयोग गर्ने, निष्क्रिय रहने, सहभागी नहुनेलाई मातहतका समितिहरूले पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भनिएको छ ।

सो अभियान भदौ ९ गतेदेखि चार महिनाका लागि सुरु भएको छ । अभियानमा पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई पालिकास्तरमा खटाएको छ ।

पार्टीको केन्द्रीय तहबाट प्रदेश स्तरको कार्यक्रम सम्पन्न गरिसकेको छ । अभियान सफल बनाउन प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गरी त्यसको प्रतिवेदन तयार गर्न कार्यकारिणी समितिका सदस्यलाई पार्टीले जिम्मेवारी दिएको छ ।

कोशी प्रदेशको अनुगमन तथा निरीक्षणका लागि राजकुमार राई र जयराम यादवलाई जिम्मेवारी दिएको छ ।

मधेस प्रदेशका लागि हरिनारायण यादव, बागमती प्रदेशका लागि सुनि लामा, गण्डकी प्रदेशका लागि शिवलाल थापामगर, लुम्बिनी प्रदेशका लागि राजकिशोर यादव, कर्णाली प्रदेशका लागि दीपक कार्की र सुदूरपश्चिम प्रदेशका लागि गोविन्द चौधरीलाई जिम्मेवारी दिएको जसपा नेपालको परिपत्रमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्