Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी-सिस्नेरी सडक १२ दिनका लागि बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ८ गते


Advertisement

हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी सिस्नेरी सडक १२ दिनका लागि बन्द भएको छ।

आज (मंगलबार) देखि असोज १९ गतेसम्मका लागि सडकमा सवारी आवागमन बन्द गरिएको हो।

हेटौँडा काठमाडौँ आउजाउ गर्ने दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि १२ दिन बन्द गर्ने निर्णय गरिएको दक्षिणकाली नगरपालिकाको कार्यलयले जानकारी दिएको छ।

नगरपालिकाले सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ।

‘उक्त सडकमा कालोपत्रे कार्य अगाडि बढाउनका लागि सडकमा सवारी चापका कारणले कठिनाइ भएकाले उक्त सडक खण्डमा गुड्ने सवारी साधनलाई असोज ८ गतेदेखि मिति १९ गतेसम्म रोक लगाइएको जानकारी गराइन्छ,’ दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ।

बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।


प्रतिकृया दिनुहोस्