आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इजरायली आक्रमणबाट लेबनानमा ४९२ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ८ गते


Advertisement

बेरुत । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । मृत्यु हुनेमा ३५ जना बालबालिका र ५८ जना महिला समेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यी आक्रमणहरूमा अरू १ हजार ६४५ जना घाइते भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको बताइएको छ ।

आक्रमणमा परेर हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको थियो । यसमा दुई जना घाइते भएका छन् ।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबिचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

यो द्वन्द्व ठुलो युद्धमा परिणत हुने हो कि भनेर विश्वभरका नेताहरू चिन्तित छन् ।


प्रतिकृया दिनुहोस्