Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ७ गते


Advertisement

काठमाडौं । विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। वारेस नारद खवासमार्फत प्रसाईंले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन्।

आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट लगेर बयान थालेको छ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएको थियो।

प्रसाईंलाई पक्राउ गरेको विरोधमा समर्थकहरूले काठमाडौँ, झापा लगायतका ठाउँमा विरोध प्रदर्शन पनि गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए।

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।


प्रतिकृया दिनुहोस्