Skip

Hamro Sanchar

जनआन्दोलनपछि श्रीलंकामा आज पहिलोपटक राष्ट्रपतीय चुनाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ५ गते


एजेन्सी । श्रीलंकामा सन् २०२२ मा भएको जनआन्दोलनपछि आज पहिलोपटक राष्ट्रपतिको चुनाव भइरहेको छ।

आन्दोलनमा देशको इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष सत्ताच्यूत भएका थिए थियो ।

यो चुनावलाई आर्थिक सुधारका कार्यक्रमहरुमाथि जनमतको रूपमा हेरिएको छ, जसले देशलाई स्थायित्वतर्फ लैजानुपर्ने अपेक्षा गरिएको छ।

राजापाक्षको पलायनपछि सत्ता सम्हालेका हालका राष्ट्रपति रनिल विक्रमासिंघे चुनावी मैदानमा छन्। अर्थतन्त्र स्थिर बनाएको श्रेय पाएका विक्रामासिंघेमाथि आन्दोलन दबाउन कठोर कदम चालेको र राजापाक्ष परिवारलाई संरक्षण दिएको आरोप छ।

उनँको प्रमुख प्रतिस्पर्धीमा वामपन्थी नेता अनुरा कुमारा दासानायके र विपक्षी नेता सजीथ प्रेमदासा छन्। अपदस्थ राष्ट्रपति राजापाक्षका भतिज नमल राजापाक्ष पनि प्रमुख उम्मेदवार छन्।

अहिले श्रीलंकामा केही आर्थिक सुधार देखिएको छ तर धेरै श्रीलंकाली अझै पनि महँगी, बेरोजगारी र अत्यावश्यक सामग्री अभावसँग जुधिरहेका छन् । मतगणना साँझ नै शुरु हुने र नतिजा आइतबार बिहानसम्म नतिजा आइसक्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस्