रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर भत्किँदा लिबाङमा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पहिरोले लिबाङस्थित चर्च भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको
हो ।
आज बिहान ४ बजेतिर रोल्पा नगरपालिका-२ मूलपानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेकी रोल्पा नगरपालिका-१० धाङसीकी ७० वर्षकी धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्यधिक वर्षापछिको पहिरोले निर्माणाधीन चर्च भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले बताए ।
उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ वर्षकी नौभा घर्ती मगर घाइते भएकी छन् ।
उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको छ । उक्त चर्चमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।